+
+

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १८:५४

११ मंसिर, गुल्मी । गुल्मीको मालिका मन्दिरमा चिच्याएर वर माग्ने मेला सकिएको छ ।

चतुदर्शीका दिन ब्रत बसी शुक्ल पुर्णिमाको अवसर पारेर सोमबार दर्शन गर्ने, भाकल गर्ने र पूजा आरधन गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो । आइतबार साँझ नै मन्दिरमा आएका दर्शनार्थी रातभर जाग्राम बसेर सोमबार विहान भाकल गरेर घर फर्किने गर्छन् ।

मुसिकोट नगरपालिका–५ कुर्घामा रहेको मालिका देवीको दर्शन गरी चिच्याएर बर माग्दा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । प्रत्येक वर्ष शिव बैकुण्ठ चतुदर्शीको दिन मालिका मन्दिरमा विशेष मेला लाग्ने र भाकल पूरा गर्न धेरै दर्शनार्थीहरु आउने गर्छन् ।

मालिका मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । साँस्कृतिक कार्यक्रममा कलाकार प्रकाश दुतराज, पबित्रा सर्तुङ्गी मगर, ओच सेञ्चुरी लगायतका कलाकारहरु सहभागी भएका थिए ।

त्यस्तै स्थानीय कला संस्कृति झल्किने नृत्य, भजन र वडास्तरीय लोक नृत्यसमेत प्रस्तुत गरिएको थियो । मालिका क्षेत्रको पर्यटकीय महत्वलाई प्रचार प्रसार गर्ने उद्देश्यले पछिल्ला वर्षमा साँस्कृतिक कार्यक्रम गर्दै आएको स्थानीय व्यवसायी ज्ञानहरि सापकोटाले बताए ।

मालिका दर्शन गर्न गुल्मीसँगै छिमेकी जिल्ला बाग्लुङ, अर्घाखाँचीबाट पनि दर्शनार्थीहरु आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?