+
+
Shares

हालसम्म १० वाणिज्य बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ९:३१

१२ मंसिर, काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् ।

त्यस्तै ग्लोबल आईएमई बैंकको मंगलबार बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्नेहरु अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

कुन कुन बैंकले कति दिए लाभांश ?

बैंक बोनस सेयर नगद लाभांश 
माछापुच्छ्रे १३.३ ०.७
एभरेस्ट १० १०.५३
एनआईसी एसिया २९ १.५२
सानिमा ५.७
सिटिजन्स ५.७९
सिद्धार्थ ४.२१
स्टान्डर्ड चार्टर्ड १९
ग्लोबल आईएमई
नेपाल एसबीआई ३.७५ ६.८
नबिल बैंक ११
१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?