+
+

२६०० जनालाई मुद्दा हालेर बने करोडपति, समाचार छापेपछि गिनिज बुकविरुद्ध पनि मुद्दा

एजेन्सी एजेन्सी
२०८० मंसिर १२ गते १३:३७

मानिसहरुका पैसा कमाउने काइदा फरक-फरक हुन्छन् । कतिपयले थोरै पैसा कमाउनका लागि पनि ठूलै परिश्रम गर्नुपर्छ । तर, कतिपयले भने अचम्मैसँग दिमाग घुमाएर अपत्यारिलो तरिकाले सजिलै मनग्गे रकम कुम्ल्याउँछन् ।

एकजना व्यक्तिले पैसा कमाउनका लागि कसैसँग निहुँ खोज्नुको हद नै पार गरिदिएका छन् । उनले कानुनलाई नै पैसा कमाउने हतियार बनाएर करोडपति बनेका छन् ।

मानिसले विभिन्न काम गरेर पैसा कमाउँछन् । तर ती व्यक्तिको काम नै जोकोहीविरुद्ध मुद्दा हाल्ने हो । ती व्यक्तिले हालसम्म २६०० भन्दा धेरै मानिसविरुद्ध मुद्दा हालेका मात्र छैनन् अधिकांश मुद्दा जितेका छन् र क्षतिपूर्तिबापत करोडौं रुपैयाँ प्राप्त गरेका छन् ।

अमेरिकी नागरिक जोनाथन ली दुनियाँमा सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्ति हुन् । धेरै मानिसहरुलाई यस्ता कीर्तिमानका कारण गिनिज बुकमा नाम लेखाउने धोको हुन्छ । तर, उनले त आफ्नो यस्तो कीर्तिमानको कुरा छाप्ने गिनिज बुकविरुद्ध समेत मुद्दा हाले ।

जोनाथले सबैभन्दा पहिले आफ्नी आमाविरुद्ध मुद्दा हालेर आफ्नो मुद्दा मामिलायुक्त जीवनको सुरुवात गरेका थिए ।

आमाले आफूलाई राम्रोसँग हेरचाह र पालनपोषण नगरेको भन्दै क्षतिपूर्ति माग गरेका थिए । उक्त मुद्दामा अदालतले उनलाई आमाबाट २० हजार डलर क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

त्यसपछि उनले आफ्ना साथी, छिमेकी, नातागोता, पुलिस, न्यायाधीश, आफ्नै प्रेमिका, कलाकार तथा चर्चित कम्पनी मात्र होइन अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसमाथि समेत मुद्दा हाले ।

उनले अदालतमा हाल्ने मुद्दामा आफूले पाएको दु:ख तथा मानहानीको लागि उचित क्षतिपूर्ति भराउन माग गर्दथे ।

उनले अदालतमा कानुन बमोजिम मुद्दा जितेर मोटो रकम कमाउन सफल भए । तर विकिपिडियाले भने उनलाई संसारकै सबैभन्दा ठूलो ठग भनेर लेखेको थियो ।

उता गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई संसारमा सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्ति भनेर गिनिज बुकमा दर्ज गरेको थियो । तर, उनलाई त्यो पनि पचेन । आफ्नो अनुमति विना निजी कुरा प्रकाशित गरेको भन्दै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रकाशकविरुद्ध पनि मुद्दा हाले । जसबापत गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई लाखौं डलर डलर क्षतिपूर्ति तिर्नुपरेको थियो ।

एकपटक उनी एउटा टेलिभिजन कार्यक्रममा अतिथि बनेर अन्तरवार्ता दिन पुगेका थिए । कार्यक्रम प्रस्तोताले उनलाई सोधे, ‘तपाईं यतिधेरै चर्चित हुनुहुन्छ तर एक्लै बस्नुभएको छ, के तपाईंलाई मन पराउने कोही छैन ?’

त्यसको जवाफ नदिइ जोनाथन हाँस्न थाले र टिभी शो छाडेर हिंडे । त्यसको लगत्तै उनले उक्त टेलिभिजन च्यानलविरुद्ध आफ्नो मानहानी गरेको भन्दै मुद्दा हाले ।

अदालतले जोनाथनको मानहानी भएको ठहर गर्दै उनलाई ५० हजार डलर क्षतिपूर्ति दिन टेलिभिजनलाई आदेश दियो ।

अनौठो त के भने जब अदालतमा कुनै पनि मुद्दामा उनको विपक्षमा फैसला हुन्थ्यो, तब उनले उक्त फैसला गर्ने न्यायाधीशविरुद्ध नै मुद्दा हाल्थे ।

सन् २००० को दशकमा जोनाथनले यतिधेरै मुद्दा मामिलाबाट मनग्गे रकम कमाएका थिए र उनी अमेरिकामा मुद्दाको पर्यावाची नै बनेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?