+
+

दक्षिण अफ्रिकामा खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १४:२५

१२ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाको एक प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

राजधानी प्रिटोरियाबाट पश्चिममा पर्ने रुस्टेनबर्ग खानीमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । घाइतेहरुलाई चार अलग–अलग अस्पतालमा भर्ना गरिएको छ ।

खानीमा दुर्घटनाको बखत ८६ जना मजदुरहरुले काम गरिरहेका थिए । दुर्घटनापछि खानीमा उत्खननको काम स्थगित गरिएको छ ।

खानी सन्चालन गर्ने कम्पनी इम्पाला प्लाटिनमका सीईओ निको मुलरले विज्ञप्ति जारी गरेर यो घटनालाई इतिहासकै सबैभन्दा दुःखद भनेका छन् । इम्पाला, विश्वमै पुरानो र गहिरो खानीमा उत्खनन गर्ने कम्पनीको रुपमा प्रख्यात मानिन्छ ।

दक्षिण अफ्रिकामा यस वर्ष सेप्टेम्बर महिनासम्म खानीमा २७ वटा ठूला दुर्घटना भएका छन् । सन् २०२२ मा खानी दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । यो तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सुरक्षित मानिएको रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?