+
+

न्युरोसर्जन समाजको अध्यक्षमा प्रा. डा. राजीव झा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते ११:३०
फाइल तस्वीर

काठमाडौं । नेपाल न्युरोसर्जन समाजको अध्यक्षमा वरिष्ठ न्युरोसर्जन प्रा. डा. राजीव झा चयन भएका छन् । काठमाडौंमा आयोजित समाजको साधारणसभाले झालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

हाल नेपाल न्युरोसर्जन समाजको अध्यक्ष डा. यमबहादुर रोका छन् । संघको नवनिर्वाचित उपाध्यक्षमा डा. सुदन ढकाल, सचिवमा डा. गोपाल सेढाईं, सहसचिवमा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ र कोषाध्यक्षमा डा. विनोद राजभण्डारी छन् ।

सदस्यहरूमा डा. अनिषमान सिंह,  डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युष श्रेष्ठ र डा. समीर अर्याल चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि प्रा. डा. झाले न्युरो सर्जनलाई तालिम दिनेदेखि देशका सबै क्षेत्रमा न्युरोसम्बन्धी समस्याको सहज उपचार र सबैको पहुँचमा पुर्‍याउने तत्पर भएर लाग्ने बताए । ‘समाजले न्युरोसम्बन्धी समस्याको उपचारमा सहज पहुँच पुर्‍याउन ठोस पहल गर्नेछ । साथै न्युरो विज्ञानमा आएका नयाँ प्रविधिको कसरी नेपालमा सरल तरिकाले भित्र्याउनेमा पहल हुनेछ,’ उनले भने ।

समाजमा देशभरका ११४ जना न्युरोसर्जन आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?