+
+

सरकारलाई कांग्रेसको आग्रह : अस्थायी आवास निर्माणका लागि ५० हजार एकमुष्ट देऊ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १७:२२

१३, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम पुगे नपुगेकोबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतसँग जानकारी लिएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार दुबै मन्त्रीले केन्द्रबाट रकम पठाएको, तर पीडितको हातमा नपुगेको विषयमा आफूहरु पनि चिन्तित रहेको बताएका थिए ।

बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारलाई आग्रह गरेको छ । सरकारले बनाएको कार्यविधिमा २५ हजार सुरुमा र आवास निर्माण सुरु भएपछि थप २५ हजार रुपैयाँ दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?