+
+

ब्रिटिस कलेजद्वारा इन्क्युबेसन सेन्टरको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १८:१६

काठमाडौ‌ं । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेसन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेसन सेन्टरको सुरुवात गरेको हो ।

कलेज हातामा रहेको इन्क्युबेसन सेन्टरले सेवा तथा स्रोत/साधनहरुको क्षेत्रमा काम गर्नेछ । जसले स्रोत तथा साधनहरुको उपलब्धतासँगै विशेष कार्यक्रमहरु, कार्यशाला गोष्ठी, विजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरु प्रदान गर्नेछ ।

सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नsf लागि सल्लाहकार, विभिन्न पक्षसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहबीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नका लागि स्थान उपलब्ध गराउनेछ ।

इन्क्युबेसन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए ।

इन्क्युबेसन सेन्टरका लिड सुबोध रुपाखेतीले आगामी वर्षका लागि सेन्टरको योजना तथा कार्यक्रमहरुसँगै यसको विस्तार योजनाको रुपरेखा पनि प्रस्तुत गरेका थिए ।

कलेजले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टर अन्तर्गत पर्ने उनको भनाइ छ ।

इन्क्युबेसन सेन्टरमा मुख्यतः विज्ञहरु हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरुको सुरक्षा र प्रत्याभुतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ ।

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रालिका संस्थापक सुनिता शेर्पाले समेत आफ्नो मनत्वय राखेकी थिइन् ।

कार्यक्रमको समापन गर्दै कलेजका संस्थापक एवम् सीईओ राजन कँडेलले इन्क्युबेसन सेन्टरको सुरुवातले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?