+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ११:२१

१५ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?