+
+
फ्राइडे रिलिज :

बिहानैदेखि नेपाली हलमा ‘एनिमल’ आक्रामक, ‘सामबहादुर’ सकारात्मक समीक्षाको पर्खाइमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ११:३२

काठमाडौं । नेपालमा आजदेखि दुई बलिउड फिल्म ‘एनिमल’ र ‘सामबहादुर’ रिलिज भएका छन् । नेपाली फिल्म ‘दिमाग खराब’ चौथो सातामा प्रवेश गरेको छ । यीमध्ये रणवीर कपुर स्टारर ‘एनिमल’को सप्ताहन्त ओपनिङमा उछाल आउने निश्चित छ ।

ठूला मल्टिप्लेक्समा शनिबार बेलुकासम्म देशभर यो फिल्मका शोका सबै टिकट बिक्री भइसकेका छन् । शुक्रबार बिहानैदेखि देशभरिका हलको अकुपेन्सी ९५ प्रतिशत देखिएको छ । अकुपेन्सीका आधारमा ‘एनिमल’को सप्ताहन्त ओपनिङ शाहरुख खानको पछिल्लो फिल्म ‘जवान’कै हाराहारीमा हुने देखिएको छ ।

फिल्म कति लामो समयसम्म चल्ला त्यो वर्ड अफ माउथमा निर्भर हुनेछ । तर पनि पहिलो सप्ताहन्त फिल्मले नेपाली बक्स अफिसमा पछिल्लो समययताकै ठूलोमध्येको कमाइ गर्नेछ । शुक्रबार मात्रै डेढ करोडभन्दा बढीको प्रक्षेपण गरिएको छ । शनिबार यो संख्यामा केही वृद्धि हुन सक्छ ।

दुई दिनमै फिल्मको ग्रस कमाइ तीन करोड नेपाली रुपैयाँ हाराहारीमा हुने देखिन्छ । तर एडल्ट सर्टिफिकेट भएको र अन्य फिल्म पनि सँगै चलिरहेकाले ‘एनिमल’को ओपनिङ केही प्रभावित हुने देखिन्छ । एकल रिलिज भएको खण्डमा फिल्मको कमाइ दुई करोड हाराहारीमा हुन सक्ने आँकलन थियो ।

सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबीचको ‘प्रेम र घृणा’ले भरिएको सम्बन्धमा आधारित छ । पारिवारिक कथावस्तुसहित पर्याप्त एक्सन दृश्य समेटिएकाले यो फिल्म एक्सनप्रेमीलाई रुचिकर हुन सक्छ । अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल पनि शीर्ष भूमिकामा छन् ।

सामबहादुर’ पनि हलमा

मेघना गुल्जार निर्देशित बलिउड फिल्म ‘सामबहादुर’मा विक्की कौशलको शीर्ष भूमिका छ । सन् १९७१ को भारत–पाक युद्धको बेलामा भारतीय सेना प्रमुख र त्यसअन्तर्गतको गोर्खा रेजिमेन्टको नेतृत्व गरेका साम मनकेशवाको बायोपिक यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सेनाको कथावस्तु पनि यसमा समेटिएको छ ।

फिल्ममा प्रशस्तै नेपाली संवाद पनि समावेश भएकाले नेपाली दर्शकलाई रुचिकर हुन सक्छ । फिल्ममा साम मनकेशवाको भूमिकामा अभिनेता विक्कीले अभिनय गरेका छन् । नेपालमा शुक्रबार यसको अकुपेन्सी कमजोर देखिए पनि बलियो वर्ड अफ माउथ प्राप्त भएको खण्डमा फिल्मले पिकअप लिन सक्ने देखिन्छ ।

यो फिल्ममा विक्की कौशलसहित सान्या मल्होत्रा र फतिमा साना सेखको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?