+
+

मलाई अफर आउने फिल्म पुरानै ढाँचाका भए, खेल्नका लागि खेल्दिनँ : राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १२:१६

काठमाडौं । लिड एक्टरको हिसाबले राजेश हमालको पछिल्लो फिल्म ‘शकुन्तला’ थियो । त्यही बीचमा उनले केमियो भूमिका रहेको फिल्म ‘बिजुली मेसिन’मा अभिनय गरे । त्यसयता सात वर्षको ग्याप भइसकेको छ ।

बीचमा उनले फिल्म ‘सत्यम्’मा साइन गरे । त्यो फिल्मको वर्कसप पनि भयो । तर निर्माता ‘फरार’ भएपछि हमालको पुनरामगन तत्काल हुन सकेन । यसबीचमा उनलाई अन्य केही फिल्मले अफर पनि गरे । यी फिल्ममा बुवाको रोलको प्रस्ताव गरिएको तर हमालले अस्वीकार गरेको चर्चा पनि चल्यो ।

अभिनेता हमालले हालै फिल्म पुनरामगनबारे टिप्पणी गरेका छन् । मिडिया कुराकानीमा उनले आफूलाई अफर आउने फिल्मको रोल प्रभावकारी नभएकाले नगरेको बताएका छन् । अहिले पनि प्रशस्तै अफर आउने तर त्यस्तो अफर गर्नेलाई आफूले नभेटेको हमालले बताएका छन् ।

अहिले पनि फिल्ममा काम गर्दा आफूले गर्ने भूमिका प्रभावकारी होस् भन्ने चाहना आफ्नो रहेको हमालको धारणा छ । ‘अहिले पनि काम गर्दा पुरानै ढाँचामा काम गरौं भन्ने भएन,’ उनले भनेका छन्, ‘फिल्म खेल्नका लागि खेल्यो भन्ने खालको छ भने फिल्म नै खेल्दिन ।’ उनले अहिलेको अवस्थामा यस्तो फिल्ममा काम गरेर फाइदा नहुने समेत बताएका छन् ।

नाम चलेका निर्माता र निर्देशकले अहिले पनि फिल्म अफर गरेको तर आफूले अस्वीकार गरेको हमालको धारणा छ । अभिनयबाहेक हमालले धेरैपटक फिल्म निर्देशन र निर्माण गर्ने बताएका थिए । तर यसबारे उनले काम अघि बढाएका छैनन् । बरु उनी अहिले म्युजिक भिडियो, कार्यक्रम निर्माण र घुमघाममै व्यस्त छन् ।

हमालले चाँडै चर्चित भारतीय लेखक आचार्य प्रशान्त र ओशोकी प्रवक्ता आनन्द शीलासँग एक भिडियो अन्तर्वार्ताको तयारी गरिरहेका छन् । यसबाहेक बुढानीलकण्ठमा हमालको नयाँ घर बनिरहेको छ, जसको काममा समेत उनी व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?