
१५ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी शिक्षण केन्द्र बनाएर हस्तान्तरण गरेको छ ।
भूकम्पले क्षतिग्रस्त जाजरकोटस्थि श्री भेरी त्रिवणी माध्यमिक विद्यायलका लागि नेविसंघले ६ कोठे अस्थायी भवन बनाएको छ । नेविसंघले भूकम्प प्रभावित क्षेत्रका दुई विद्यालयले पूर्ण रुपमा बनाउने प्रतिवद्धता गरेको छ ।
संघका अध्यक्ष शेर्पाले थप दुई विद्यालयको अस्थायी भवन बनाउने बताए । नेविसंघले ३०० थान शैक्षिक सामग्री पनि विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
भूकम्पले विद्यालय भवनमा क्षति पुर्याएपछि त्यस क्षेत्रका बालबालिका खुला चौरमा कक्ष लिइरहेका छन् ।
‘प्रतिबद्दता अनुरुप पहिलो चरणमा राहत र उद्धारको काम सकेपछि पुननिर्माणमा जुटेका छौ,’ नेविसंघका अध्यक्ष शेर्पाले भने,‘अस्थायी शिक्षण केन्द्र बनाउने अभियान जारी राखेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4