+
+

शेखर कोइराला पार्टी सभापति भएको हेर्ने चाहना छः चन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १७:४९

१४ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट डा.शेखर कोइराला सभापति बनेको हेर्ने चाहना रहेको बताए ।

कांग्रेस नवलपरासीको प्रथम सम्मेलनमा नेता भण्डारीले कसैले उफ्रेर मात्रै सभापति हुन नसक्ने बताए । ‘सभापति बन्छु भनेर उफ्रेर हुँदैन । जनता र कार्यकर्ताले पट्याएको व्यक्ति हुनुपर्छ’, भण्डारीले भने ।

वर्तमान र भविष्यलाई सही ढंगले बुझ्न सक्ने नेता भएकाले शेखर कोइराला पार्टी सभापति बन्नुपर्ने उनको तर्क थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?