+
+

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ८:२७

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो ।

दुई खेलबाट ३ अंकसहित इलाम छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १-० ले पराजित भएको थियो ।

स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् । उनी मार्की पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?