+
+

‘अन्जिला’ र ‘मायावी’को छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १३:०४

काठमाडौं । मिलन चाम्स निर्देशित ‘अन्जिला’ र दिवाकर भट्टराईको ‘मायावी’को छायांकन सकिएको छ । शनिबार काठमाडौंको तीनकुनेमा राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको दृश्य खिच्दै ‘अन्जिला’ले छायांकन टुंग्यायो ।

एन्जिलाको जीवनको निश्चिल कालखण्डलाई चित्रण गर्ने यो फिल्मको छायांकन उनकै जन्मथलो इलामको आइतबारेबाट सुरु भएको थियो । त्यसपछि झापा र काठमाडौंमा पनि छायांकन गरियो ।

यसमा एन्जिला स्वयंको मुख्य भूमिका छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल र हरि खड्का पनि छन् । फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

एन्जिलाको बाल्यकालदेखिको कथावस्तु यसमा समेटिएको निर्देशक चाम्सले जनाए । ‘उनले फुटबलर बन्न गरेको संघर्ष र सफलताको कथा यसमा छ । सफल खेलाडी बन्नका लागि यसले राम्रो सन्देश पनि दिन्छ,’ उनले भने । तर यो फिल्म बायोपिक नभएको उनले बताए ।

दिवाकर भट्टराईले सके ‘मायावी’को छायांकन

मुस्ताङ र पोखरामा दुई महिना लगाएर छायांकन गरिएको फिल्म ‘मायावी’को इण्ड–कल्यापमा निर्माताले केक काटेर खुसी साटे । शनिबार कलाकार र प्राविधिकले इन्ड–कल्याप गरे ।

फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन र रमा प्रसाईंले अभिनय गरेका छन् ।

छायांकन सकिएपछि उत्साहित देखिएका निर्देशक भट्टराईले फिल्मले अभिनेता पल शाहका लागि विशेष हुने र उनको करिअरलाई नयाँ उचाइ दिने बताए । फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मलाई क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?