+
+

दाङ तुलसीपुरका बालक एक हप्तादेखि वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १४:०४

१७ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ वर्षीय बालक आनन्द रेग्मी एक हप्तादेखि वेपत्ता छन् । खेल्न जान लागेको भन्दै गत शनिबार घरबाट निस्किएका उनी अहिलेसम्म फेला नपरेको अभिभावकहरुले बताएका छन् ।

बालक रेग्मी तुलसीपुर उपमहानगरपालिका-७ स्थित मेरीगोल्ड बोर्डिङ स्कुलका कक्षा ६ का विद्यार्थी हुन् । बाबु जिवराज रेग्मीका अनुसार आनन्द रेग्मी खुट्टामा चप्पल, निलो ज्याकेट र कालो ब्याग सहित घरबाट निस्किएका थिए । खेल्न भन्दै घरबाट निस्किएको छोरो राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए ।

जिल्ला प्रहरी दाङले पनि बालकको खोजी जारी राखेको जनाएको छ । खोज्ने क्रममा उनी दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । गाडीका स्टाफहरुले ती बालक काठमाडौंको माछापोखरीमा ओर्लिएको देखेको भनेपछि सोही सूचनाको आधारमा उनका बाबु जिवराज काठमाडौं आएका छन् । तर छोरा अझै फेला नपरेको उनले बताए ।

काठमाडौं उपत्यकाका तीनवटै प्रहरी कार्यालयमा छोरा खोजीदिन आग्रह गर्दै निवेदन दिइसकेको जिवराजले बताए । आफ्नो छोराको खोजी गरिदिन र छोरालाई कतै देखे खबर गरिदिन उनले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?