+
+

सिटी र टोटनहम बराबरीमा रोकिए, लिभरपुलको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते ८:०८

काठमाडौं । प्रिमियर लिगमा आइतबार गोलको वर्षा हुँदा साविक विजेता म्यानचेष्टर सिटीले टोटनहमसँग ३-३ को बराबरी खेलेको छ । यस्तै लिभरपुलले फुलहममाथि ४-३ रोमाञ्चक जित निकालेको छ ।

सिटीको मैदानमा भएको खेलमा डेजान कुलुसेभ्स्कीले अन्तिममा गोल गरेपछि टोटनहमले अंक खोसेको थियो ।

त्यसअघि हेउन मिन सनले खेलको छैटौं मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर सनले नै नवौँ मिनेटमा आत्मघाती गोल गरेपछि सिटीले खेल बराबरी गरेको थियो । फिल फोडेनले ३१औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो पटक खेलमा अग्रता बनायो । तर ६९औं मिनेटमा जिओभानी लो सेल्सोले टोटनहमका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेपछि सिटीले खेलमा दोस्रो पटक पनि अग्रता बनाएको थियो । तर अन्तिम ममयमा गोल खाँदा जितबाट बन्चित भयो । ९०औं मिनेटमा कुलुसेभ्स्कीले टोटनहमका लागि बराबरी गोल गरे ।

बराबरीपछि १४ खेलबाट ३० अंकसहित सिटी तेस्रो स्थानमा छ । टोटनहम १४ खेलबाट २७ अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै अलेजान्डर आर्नोल्डले ८८औं मिनेटमा गरेको गोल मद्दतमा लिभरपुलले फुलहमलाई ४-३ ले पराजित गरेको छ । जितपछि लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको आर्सनलको ३३ अंक छ ।

फुलहम १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले ब्राइटनलाई ३-२ ले हरायो । चेल्सी १४ खेलबाट १९ अंकसहित १०औं स्थानमा छ । समान खेलबाट २२ अंकसहित ब्राइटन आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?