+
+

एआई मोडललाई इन्स्टाग्राममा पछ्याउने लाखौं, झुक्किएर डेटिङको समेत प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १२:०८

काठमाडौं । पछिल्लो समय मोडलिङमा पनि कृत्रिम बौद्धिकता (एआई)को दबदबा बढ्न थालेको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएका यस्ता मोडलले इन्टरनेटमा पनि चर्चा पाउन थालेका छन् ।

दुरुस्तै मानिसजस्तै देखिने यस्ता सुन्दरीले लाखौं कमाउने गरेका छन् भने ब्राण्ड इन्डोर्समा पनि उनीहरुको प्रयोग हुन थालेको छ ।

हामी यहाँ नयाँ स्पेनी एआई मोडल आइटाना लोपेज, २५, को कुरा गर्दैछौं जो पछिल्लो समय विश्वभर चर्चाको विषय बनेकी छिन् । यो समाचार लेख्दासम्म उनलाई इन्स्टाग्राममा झण्डै दुई लाखले पछ्याएका छन् ।

इन्स्टाग्राममा लोपेजको गुलाबी कपाल र आकर्षक कदसहितका दर्जनौं तस्वीर पोस्ट भएका छन् । यी तस्वीरलाई हेर्ने जोसुकैले वास्तविक वा कृत्रिम सुन्दरी भनेर ठम्याउन सक्दैन । बिजनेस टुडेका अनुसार यी मोडलले मासिक १० हजार युरो कमाउने गरेकी छिन् ।

आइटानाले इन्स्टाग्राममा आफ्नो आकर्षक बायो पनि लेखेकी छिन्, ‘बार्सिलोना । गेमर । फिटनेस । कस्प्ले प्रेमी ।’ उनलाई स्पेनका डिजाइनर रुबेन क्रुज र उनको एजेन्सी द क्लुलेसले डिजाइन गरेको हो । यो कम्पनीले यो एआई मोडललाई बजारीकरणको लागि प्रयोग गरिरहेका छन् ।

यी एआई सुन्दरीले सेलिब्रिटीबाट पनि बाहिर घुम्न जान निजी सन्देश प्राप्त गर्ने गरेको डिजाइनर कम्पनीले जनाएको छ । धेरैले यी सुन्दरी वास्तविक मान्छे हुन् कि भनेर झुक्किने गरेको जनाइएको छ ।

यी एआई सुन्दरीका डिजाइनर क्रुज भन्छन्, ‘पहिलो महिनामा हामीले महसुस गर्‍यौं कि मानिसले छविलाई होइन, जीवनलाई पछ्याउँछन् । उनी जीवित नभएकाले हामीले उनलाई वास्तविक लुक्स दिनुपर्‍यो ताकि मान्छेले उनीसँग कुनै न कुनै रुपमा सम्बन्ध राख्न सकुन् । हामीले कथा सुनाउन जरुरी छ ।’

 आइटाना मात्र होइन, आफूलाई १९ वर्ष र अमेरिकाको लस एन्जलसमा बसोबास गर्ने बताउने मिकेलालाई पनि लाखौंले इन्स्टाग्राममा पछ्याएका छन् । एआई मोडलहरु लुडो मागालु, इम्मा, नुनुरी, गुगीमोन र सुदुलाई पनि इन्टरनेटमा लाखौंले पछ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?