+
+

अभिनेता अयुब केसी लेख्छन्- भिलेनमा पनि पत्याएनन्, कति हेर्ने एउटै कलाकार ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १३:३२

काठमाडौं । अभिनेता अयुब केसीले सात फिल्ममा अभिनय गरे । उनको डेब्यु फिल्म ‘ठेगाना’ २०६८ सालमा रिलिज भयो । यो फिल्मले राम्रो समीक्षा पायो ।

त्यसयता उनले म तिम्रो भइसकें, नारी, माइ लाइफ, त्रास, चाँडै आऊ है र पलासमा काम गरे । उनको पछिल्लो फिल्म ‘पलास’ २०७३ सालमा रिलिज भएको थियो । उनी अभिनयमा नफर्किएको सात वर्ष पुग्यो ।

सोमबार बिहान उनले फेसबुकमा एक मर्मस्पर्शी स्टाटस पोस्ट गरेका छन्, जसले राम्रा कलाकार कसरी बक्स अफिसको दबाबमा छन् र उनीहरुलाई फिल्म पाउन मुस्किल भइरहेको छ भन्ने दर्शाउँछ । हुन त, यो पीडा अधिकांश कलाकारको साझा धारणा हो तर कम्तीमा अयुबले यसलाई सामाजिक सञ्जालमा व्यक्त गरिदिए ।

आफूलाई खलपात्रको रोलमा फिल्म खेलाउन प्रस्ताव राख्दा समेत नपाएको पीडा उनले व्यक्त गरेका छन् । १७ वर्ष यो पेशामा लागे पनि उपलब्धि शून्य रहेको भन्दै उनले मर्म पोखेका छन् । उनले आफूभित्रको कला निखारिएर आएको नेपाली फिल्म पछिल्लो समयमा चुकिरहेको विश्लेषण पनि गरेका छन् ।

उनी लेख्छन्, ‘चलचित्र पनि कति बन्न लाग्या हुन् ? मनसुनमा च्याउ उम्रे जसरी । सानो बजार छ । पैसो कसरी उठ्छ ? अनि कथा एउटै, कलाकार एउटै, कति हेर्ने एउटै कलाकार ? एउटै लुक । भए जति चलचित्र साइन गर्‍यो अनि कहाँ लुकमा मेहनत गर्न समय हुन्छ ? फेरि  मेकरहरु के भाको जो जस्तो चल्यो त्यसलाई त, त्यस्तै कथा बनाउने । होइन कथा अनामनगर बसेर पाइन्छ र ? गाउँतिर लाग्नुपर्‍यो नि ? खाली हिमाल देखायो । धन्न हिमाल छ र देखाउँछौं, नत्र के ?’

उनी थप लेख्छन्, ‘अरे यार हिरो खेलाओ भन्या पनि हैन । भिलेन नै देओ न । त्यो पनि पत्याएनन् । १७ वर्ष यो पेशामा लागें, कुनै कसर न छोडी तर उपलब्धि शून्य । समय चेन्ज भयो, म चेन्ज भएँ । तर मभित्र भाको कला त अझ निखारिएर आएको छ नि । सबैलाई समेट्नु सबैलाई काम दिनु राम्रो चलचित्र बनाउनु । नेपाली चलचित्र ले ओस्कार पायो भनेर खै यो जुनीमा सुन्न पाइएला ? अतः यो मेरो मात्र कथा हैन धेरै छन म जस्ता ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?