+
+

भारतमा ‘एनिमल’ले तीनदिने कमाइमा शाहरुखको ‘पठान’लाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १४:०१

काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय बक्स अफिसमा २०१.७६ करोड भारु नेट कमाइ गरेको छ ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी संस्करणमा १७६.५८ करोड भारु र दक्षिण भारतीय भाषामा २५.१८ करोड भारु नेट कमाएको हो ।

हिन्दी संस्करणमा मात्र फिल्मले शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड र आइतबार ६३.४६ करोड भारु कमाएको छ । हिन्दी संस्करणमा यो फिल्मले तीन दिनमा शाहरुख खानको फिल्म ‘पठान’को व्यापारलाई समेत उछिनेको छ ।

तीन दिनमा पठानले १६१ करोड भारु कमाएको थियो । तर यसले शाहरुखकै अर्को फिल्म जवानको तीन दिने कमाइलाई भने उछिन्न सकेन । जवानले हिन्दी भाषामा तीन दिनमा १८०.४५ करोड भारु कमाएको थियो । विक्की कौशल स्टारर ‘साम बहादुर’ले तीन दिनमा भारतमा २५.५५ करोड भारु कमाएको छ ।

एनिमलको दक्षिण भारतीय बजारको ट्रेन्ड हेर्दा उत्तर र दक्षिण भारतका फिल्म बजारको विभाजन रेखा मेटिएको महसुस गर्न सकिन्छ । किनभने जवान, पठानदेखि एनिमलसम्म आइपुग्दा हिन्दी फिल्मले पनि साउथमा राम्रो कमाइ गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?