+
+

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारी कोटाबाट हालसम्मकै उच्च आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १८:५५

१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेका आईपीओमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीमा अहिलेसम्मकै उच्च आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुबाट यो कम्पनीमा ४५ लाख ८२ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । यसअघि खुलेका कुनै पनि आईपीओमा २० लाख कित्ताका लागि यति धेरै आवेदन परेको थिएन ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २०६ जनाले कम्पनीको आईपीओमा आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

यसअघि प्रिमियमा आईपीओ जारी भएका कम्पनीमध्ये रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै १८ लाख ५२ हजार कित्ताका लागि आवेदन परेको थियो । वैदेशिक रोजगारीमा जानेका लागि खुलेका आईपीओमध्ये हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कित्ता हो ।

कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेको थियो । सोमबार नै वैदेशिक रोजगारीमा रहेकाहरूका लागि कम्पनीको आईपीओ भर्ने अन्तिम दिन रहेको थियो ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ खुलाएको हो । वैदेशिक रोजगारमा रहेकालाई यो आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आवेदन खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?