+
+
Shares

हिमालयन रिइन्स्योरेन्स : नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ९:०६

३० माघ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा २.३ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड ६९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा अहिले २ अर्ब ३९ करोड छ ।

समग्रमा कुल आम्दानी पहिले २ अर्ब ४६ करोड रहेकोमा अहिले ३ अर्ब ४ करोड पुगेको छ । कुल खर्च पनि बढेको छ । पहिले कुल खर्च १ अर्ब ६० करोड रहेकोमा अहिले २ अर्ब २ करोड छ ।

नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ५ पैसा रहेकोमा अहिले ११ रुपैयाँ ८६ पैसा छ । चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर पारेको हो । चुक्ता पूँजी १० अर्बबाट बढेर १० अर्ब ४० करोड पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ५७ पैसा रहेको कम्पनीको बजारमा साधारण सेयर मूल्य हाल ८५३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?