+
+
Shares

हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशतले वृद्धि भएको छ र चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
  • कम्पनीको खुद प्रिमियम आम्दानीमा वृद्धि भएको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ।
  • कम्पनीले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद र बोनस सेयर योजना अघि बढाएको छ ।

३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी सामान्य बढेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ४१ पैसा रहेकोमा अहिले १२ रुपैयाँ ६८ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा छ । १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले २० अर्ब पुर्‍याउनुपर्नेछ ।

चुक्ता पूँजी वृद्धिका लागि कम्पनीले हकप्रद र बोनस सेयर रोजेको छ । पूँजी वृद्धि योजना बीमा प्राधिकरणमा बुझाएको छ । कम्पनीले सञ्चित गरेको नाफा १ अर्ब २ करोड रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ९३७ रुपैयाँ ७० पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?