+
+

सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ११:५८

काठमाडौं । भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । इण्डियन एक्सप्रेसका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरे ।

दयाले भने, ‘दिनेशले बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।

दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताए । उनले भने, ‘धेरै जटिलता थिए र उनलाई हिजो राति भेन्टिलेटरबाट हटाइयो । दिनेशको अन्तिम संस्कार बिहान १०.३० बजे मुम्बईमा हुनेछ ।’

यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि दयाले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिए ।

सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बने । उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?