+
+

शृंखलालाई पूर्वमिस नेपालहरुको सामूहिक बधाई (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १६:०२

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले मंसिर २८ गते लगनगाँठो कस्दैछिन् । यतिबेला शृंखला र उनको परिवारलाई विवाहको तयारी गर्न भ्याइनभ्याइ छ । विवाहको खबर मिडियामा आएपछि उनलाई बधाईको ओइरो छ ।

केही दिनअघि पूर्वमिस नेपालहरुले नगरकोटमा भेला भएर श्रृंखलालाई विवाहको सामूहिक बधाई दिएका छन् । काव्या रिसोर्ट एण्ड स्पामा भेला भएर उनीहरुले श्रृंखलालाई बधाई दिए । एक दर्जन पूर्वमिस नेपालले श्रृंखलाको यो खुसीमा रमाइलो गरे ।

उक्त जमघटमा श्रृंखलासहित उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, अनुष्का श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी उपस्थित थिए । नगरकोटको उक्त रिसोर्टले पूर्वमिस नेपालहरुको यो जमघटको व्यवस्था मिलाएको थियो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?