+

ललितपुरलाई रोक्दै वीरगञ्जले जोड्यो अंक

२०८० मंसिर  १९ गते १९:०९ २०८० मंसिर १९ गते १९:०९
ललितपुरलाई रोक्दै वीरगञ्जले जोड्यो अंक

१९ मंसिर, काठमाडौं । ललितपुर सिटीलाई बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिगमा अंकको खाता खोलेको छ । मंगलबार भएको खेलमा वीरगञ्जले ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको हो ।

बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ । ललितपुरको भने यो लगातार तेस्रो बराबरी हो र उसको ६ अंक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता वीरगञ्जले नै लिएको थियो । उसका लागि १०औं मिनेटमा विलियम ओपोकुले गोल गरे । तर त्यो अग्रता धेरैबेर टिकेन । १३औं मिनेटमा इमोन इकेजेले वान भर्सेस वानमा बराबरी गोल गरे ।

३९औं मिनेटमा निखिलले गोल गरेपछि पहिलो हाफमा ललितपुरले २–१ को अग्रता बनायो ।

तर दोस्रो हाफको सुरुमै वीरगञ्जले गोल फर्कायो । विलियम ओपोकुले करिव ३५ यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो, जुन बललाई कृपाकान्त चौधरीले गोलमा परिणत गरे ।

ललितपुरले खेलमा फर्किने प्रयास नगरेको होइन, तर गोल गर्न सकेन । अन्तिम मिनेटमा कप्तान अनन्त तामाङले हानेको फ्रि किक वीरगञ्जका कप्तान समेत रहेका गोलकिपर दीप कार्कीले पञ्च गरेर गोल बचाएपछि वीरगञ्जले १ अंक सुनिश्चित गरेको छ ।

एनएसएल नेपाल सुपर लिग फुटबल ललितपुर सिटी एफसी वीरगञ्ज युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय