+
+

अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते ८:५३

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए । उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?