+
+

यस्तो छ दीपिकाको ‘फाइटर’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १२:१५

काठमाडौं ।  ऋतिक रोशन र दीपिका पादुकोण स्टाटर बलिउड फिल्म ‘फाइटर’ सन् २०२४ को प्रतीक्षित फिल्म हो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले दीपिकाको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेको छ । केही समयअघि निर्माण टिमले ऋतिकको लुक्स सार्वजनिक गरिसकेको छ ।

फिल्ममा दीपिका मीनल राठौरको भूमिकामा देखिंदैछिन्, जो एयर ड्रागन युनिटमा एक स्क्वाड्रन पाइलटको रुपमा काम गर्छिन् । हेलिकप्टर पाइलटको रुपमा उनको यो पहिलो मिसन हुन्छ ।

‘फाइटर’लाई वायकम १८ स्टुडियो र मार्फिलक्स पिक्चर्सले निर्माण गरेका हुन् । देशभक्तिको भावनामा आधारित फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसर पारेर आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा छ । फिल्ममा अनिल कपुरको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?