+
+
प्रविधि :

च्याट जीपीटीले रच्यो इतिहास, १५ मिनेटमै बनाइदियो नगरपालिकाको कानुन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १३:०१

२० मंसिर, काठमाडौं । च्याट जिपिटी नामक आर्टिफिसियल च्याटबट  सार्वजनिक  भएसँगै संसारमा मेसिनको प्रभुत्व हुने विषयको बहस छेडिएको छ । धेरै मानिसहरुले एआई प्रविधिको विरोध गरिरहेका छन् । मानिसहरुलाई एआई प्रविधिका कारण जागिर जाने डरले सताएको छ ।

कतिपयको अनुमान छ कि भविष्यमा संसारमा मेसिनको राज हुनेछ र मेसिनले बनाएका कानून अनुसार मानिस चल्नुपर्नेछ । यद्यपि, यस्ता अनुमान तथा त्रासको बीचमा दुनियामा आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा कानून बनाएर कार्यान्वयन गर्न सुरु गरिएको छ ।

ब्राजिलको पोर्टो एलेग्रे शहरमा हालै एउटा यस्तै घटना भएको छ । नगर परिषदका सदस्य रामिरो रोजारियोले भविष्यमा कानून निर्माणको संसदीय प्रक्रियामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोको समर्थन गरेका छन् ।

भएको के हो ?

नगर परिषदका सदस्य रोजारियोले खासगरी ओपन एआई कम्पनीले विकास गरेको च्याट जिपिटीका विषयमा यस्तो भनेका हुन् । यस अवधारणापछि एक पटक पुनः शासनमा एआईको भूमिकालाई लिएर बहस छेडिएको छ ।

मानिसका लागि एआईले उपयुक्त कानून बनाइदिनु उपयुक्त हो कि होइन र यस्तो सम्भव होला कि नहोला ? भन्ने बारेमा अनेक खालका तर्कवितर्कहरु भइरहेका बेलामा पोर्टो एलेग्रे सहर पहिलो उदाहरण बनेको छ । उक्त सहरमा पानीको मिटर सम्बन्धी कानून च्याट जिपिटीले तयार गरिदिएको छ र त्यो पनि केवल १५ मिनेटमै ।

च्याट जिपिटीले लामो समयदेखि थाति रहेको एउटा विषयमा व्यवहारिक समाधान दिएको छ। इस्तो गरेर एआईले उक्त सहरको नगर परिषदका सबै सदस्यहरुलाई नै आफ्नो क्षमताले प्रभावित गर्‍यो ।

रोचक त के भने लामो समयदेखि बन्न नसकेको उक्त कानून एआईले १५ मिनेटमै तयार गरिदियो र नगर परिषदले त्यसलाई तत्कालै पारित गर्‍यो ।

एआईले तयार गरिदिएको उक्त ऐनमा चोरी भएका पानीका मिटरहरु प्रतिस्थापन गर्नका लागि ३० दिनको समयसीमा दिइएको छ । साथै मिटर चोरी भएपछि नयाँ मिटर राख्दा घरधनीलाई कुनै शुल्न नलाग्ने व्यवस्था पनि गरिएको छ ।

नगरसभाले कानून पारित गरेपछि मात्रै उक्त कानून च्याट जिपिटीले तयार गरेको कुरा सार्वजनिक गरिएको थियो ।

यो घटनाबाट सार्वजनिक प्रशासनमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई स्वीकार्यता प्राप्त भएको छ । यसअघि एआईको प्रयोगलाई लिएर सदैव प्रश्न उठ्ने गरेको थियो ।

विश्वमा कुनैपनि सार्वजनिक नीति निर्माणमा पहिलोपटक एआईको प्रयोग गरिएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?