
एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआईले निकट भविष्यमै आफ्नो एआई टूल ग्रोकका लागि एउटा छुट्टै एप ल्याउने भएको छ ।
रिपोर्ट अनुसार एक्स एआईको Grok एप अहिले परीक्षणको क्रममा छ र छिटै नै लञ्च हुनेछ । यद्यपि हालका लागि ग्रोकको केवल आइओएस बिटा भर्सन मात्रै परीक्षणमा छ । एन्ड्रोइड एपका बारेमा पनि केहीपनि जानकारी सार्वजनिक भएको छ । साथै एक्स एआईमा Aurora को पनि सपोर्ट प्राप्त हुनेछ, जसको सहयोगबाट प्रयोगकर्ताले एआई तस्वीर बनाउन सक्नेछन् ।
मिडिया रिपोर्ट अनुसार मस्कको लक्ष्य ग्रोक एआईलाई एउटा स्वतन्त्र प्रडक्टको रुपमा विकसित गर्नु हो। त्यसैले एक्स एआईले छिटै नै ग्रोकका लागि एउटा च्याटबट एप लन्च गर्ने सम्भावना छ । यो च्याटबट जस्तै हुनेछ ।
स्मरण रहोस् हाल ग्रोक एआई केवल एक्स प्लाटफर्मका माध्यमबाट मात्रै उपलब्ध छ र यसलाई एक्स प्रिमियम र प्रिमियम प्लस सब्सक्राइबरले मात्रै प्रयोग गर्न सक्दछन् ।
समाचार अनुसार एलन मस्कको उद्देश्य भएको ग्रोक एआई एप मार्फत् ओपन एआईको च्याट जिपिटी तथा गुगलको जेमिनीलाई टक्कर दिनु हो । उनी च्याट जिपिटीलाई सबै क्षेत्रमा आफ्ना प्रडक्ट तथा सेवामार्फत् एक ससक्त विकल्पको रुपमा उभ्याउन चाहन्छन् । तर, ग्रोकमा इमेज जेनेरेसन, भ्वाइस सपोर्ट, तथा एजेन्टिक एआई जस्ता फिचरको अभाव छ । यस्तो फिचर गुगल, ओपन एआई, एन्थ्रोपिक तथा माइक्रोसफ्ट जस्ता प्रतिस्पर्धी कम्पनीका एआई प्लाटफर्ममा पहिलेदेखि नै उपलब्ध छ ।
प्रतिक्रिया 4