+
+

अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र : वाणिज्य विभाग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १८:३५

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको दाबी गरेको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्नेगरी बजार अनुगमन गरिएको भन्दै विभागले सीमित स्रोत र साधनका बाबजुद पनि कामलाई तीव्रता दिएको दाबी गरेको हो ।

ठूला चाडपर्व र दैनिक बजारमा हुने कारोबारमा उपभोक्ता नठगिउन् भनेर प्राथमिकताका साथ काम गरिरहेको विभागका महानिर्देशक तीर्थ चिलुवालले बताए । बजार अनुगमनमा सीमित स्रोतका बाबजुद दैनिक पाँचवटासम्म टोली परिचालन गरेको र अनुगमन टोलीमा विषयगत क्षेत्रको निरक्षणमा विज्ञ कर्मचारीको पहिचान गरिएको उनले बताए । अनुगमनमा दिइएको तीव्रताका कारण चालु आर्थिक वर्षमा तोकिएको अनुगमनको सीमा (माइलस्टोन) ३ हजार ८५०  अनुगमनको करिब ५२ प्रतिशत अनुगमन सकिएको चिलुवालले बताए ।

‘विभागले अत्यावश्यक २३ वटा  विषयगत क्षेत्रहरु  तोकी प्राथमिकताका आधारमा १० वटा विभिन्न विषयगत क्षेत्रमा निरीक्षणसम्बन्धी विज्ञ कर्मचारी सम्मिलित संयुक्त बजार अनुगमन टोली परिचालन गरेको छ,’ उनले भने, ‘बजार अनुगमनलाई  संवैधानिक व्यवस्थाअनुसार तीनवटै तहका सरकारबाट परिचालन हुनेगरी अधिकार प्रत्यायोजन पनि गरिएको छ ।’

विभागले बजार अनुगमनका लागि दुईवटा इन्टेलिजेन्स टोली तयार गरिएको पनि जनाएको छ । बजार अनुगमनलाई पैठारीकर्ता, उत्पादक तथा डिलर तहमा बढी केन्द्रित गरी वस्तुको सञ्चय गर्ने, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गरी सीमाभित्रै राख्नका लागि क्रियाशील गरिएको विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?