+
+

एनसेल प्रकरणमा छानबिन समिति अलमल्याउने कुरा मात्र : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते २०:१४

२० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारले छानबिन समिति बनाउने नभई सिधै कारबाही गर्नुुपर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले छानबिन गर्छु भन्नु अलमल्याउने कुरा मात्र भएको बताए ।

‘अहिले जुन खरिदबिक्री भएको छ, भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो कि होइन । गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो ?’ उनले प्रश्न गरे ।

एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको कर छली भएको हो भने तत्काल कारबाही हुनुपर्ने लामिछानेको भनाइ छ ।

‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? बृहत छानबिन सुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने’ उनले भने ।

एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेर अलमल मात्र गर्न खोजेको टिप्पणी गरे ।

एनसेल प्रकरणमा राजनीतिक दलको संलग्नताको विषय पनि छानबिन हुनुपर्ने उनको भनाइ छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ ।

यो कार्यविधि पारित भएसँगै विदेशमा रहेका नेपाली पार्टीमा जोडिन बाटो खुलेको रास्वपाका उपसभापति डीपी अर्यालले बताए । रास्वपाको सचिवालय समिति २१ सदस्यीय हुने सभापति लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?