+

इलाममाथि पोखरा हावी भएको खेल (तस्वीरहरु)

२०८० मंसिर  २० गते २१:२५ २०८० मंसिर २० गते २१:२५
इलाममाथि पोखरा हावी भएको खेल (तस्वीरहरु)

२० मंसिर, काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेको थियो, तर गोल गर्न सकेन ।

छैटौं मिनेटमा नै इब्राहिमको क्रसमा ओमारले सिक्स यार्ड बक्सबाट हानेको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो । १३औं मिनेटमा इब्राहिमले अर्को अवसर गुमाए ।

खेलको ३०औं मिनेटमा इलामका फोडे कमाराको प्रहार पोखराका गोलकिपर प्रिसोलाई लाग्दै सेण्टर बार नजिकबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा भने पोखरा हाबी भयो । खेल सुरु भएको दोस्रो मिनेटमा नै मोसेसको प्रहार इलामका गोलकिपर विकेश कुथु विट भइसकेको अवस्थामा फस्र्ट बारमा लागेर फर्किएको थियो । अर्को मिनेटमा पोखराले गोल नै गर्‍यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्की प्लेयर आयुष घलानको प्रहार इलामका खेलाडीले क्लियर गर्न नसक्दा सञ्जीवले बल पाएका थिए, जसमा उनले वान टच गोल गरे ।
बाँकी अवधिमा भने दुबै टोलीले प्रयास गरेपनि गोल हुन सकेन र पोखरा विजयी भयो ।

यो जितसँगै पोखरा थन्डर्स ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पोर्टिङ इलाम भने ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।

हेर्नुहोस् तस्वीरहरु

 

इलाम एनएसएल नेपाल सुपर लिग पोखरा फुटबल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय