+
+

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १३:४७

२१ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।

मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृतलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा एक महिला शाखा अधिकृतलाई झापड हानेको स्रोतको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे ती शाखा अधिकृतको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?