+
+

लण्डनको फिल्म मेलामा नेपाललाई छायांकन थलोको रुपमा प्रवद्र्धन गर्दै घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १७:१७

काठमाडौं । नेपाली फिल्मलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले फिल्म निर्देशक निशानबाबु घिमिरेले लण्डनमा आयोजित ‘फोकस २०२३ : मिट द मेकर्स’ सम्मेलनमा सहभागिता जनाएका छन् । यो सम्मेलन डिसेम्बर ५ र ६ मा आयोजना भैसकेको छ ।

उनले नेपाली फिल्मबारे जानकारी दिन त्यहाँ स्टल राखेका थिए । स्टलमा आएर विदेशी फिल्ममेकरले नेपालमा छायांकनको बारेमा चासो राखेको उनले जनाए ।

‘मैले स्टलमा द सोल अफ द हिमालयजको व्यानर राखेको थिएँ । चलचित्र विकास बोर्डको फिल्मिङ इन नेपाल पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरु नेपालको सुन्दरता देखेर प्रभावित भए’ निशानले भने ‘केही देशका फिल्ममेकर डकुमेन्ट्री खिच्नका लागि नेपाल आउँछु भनेका छन् ।’

उक्त स्टलमा विदेशी फिल्ममेकरले नेपालका छायांकन लोकेसन र संस्कृति झल्काउने तस्वीरसहितका फोटो, भिडियो, फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्रीका क्लिप्स अवलोकन गरेका थिए ।

‘नेपाली फिल्म क्षेत्र विश्व बजारका अन्य देशभन्दा कमजोर छैन । नेपालमा विदेशी फिल्म छायाङ्कन गर्न प्रशस्त स्थलसहित अनुकुल वातावरण रहेकोले विदेशी फिल्मकर्मीलाई नेपालमा आएर छायांकन गर्न आग्रह गरेँ’ उनले भने ।

नेपालमा अन्तराष्ट्रिय फिल्म सुटिङको माहोल बनाउन सकिएमा नेपालका लागि राम्रो हुने धारणा उनले विदेशी फिल्मकर्मीको स्टलमा पुगेर आफ्नो धारणा राखेका जनाएका छन् ।

लण्डन जानुपूर्व निशानले कार्यक्रमका बारेमा बोर्डलाई जानकारी गराएपछि बोर्डले समेत उनको यो कदम र उपलब्धिप्रति समर्थन जनाउँदै स्टलका लागि आवश्यक केही दस्तावेज उपलब्ध गराएको थियो ।

चाँडै फिल्म ‘मुना’को निर्देशन तयारीमा रहेका उनले कार्यक्रममा सहभागिता जनाएपछि फिल्म निर्माण र बजारीकरणमा समेत थप टेवा पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?