+
+

गोरखाको पालुङटारमा युवतीको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १९:५४

२१ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवतीको शव फेला परेको छ । ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा बिहीबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘शव देखेपछि गाउँलेले हामीलाई खबर गर्नुभयो’, एसपी अनुपम श्रेष्ठले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर हेर्दा घटना शंकास्पद देखियो ।’ अन्दाजी २५ बर्षीया युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको एसपी श्रेष्ठले बताए ।

घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाइएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालतर्फ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?