+
+

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते २१:१६

२१ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।

त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बनाए ।

दशौं राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।

आठ विघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ७० प्रतिशत काम भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।

आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम भएको भन्दै सन्ज्यालले बहुउद्देश्यीयसहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।

महिला क्रिकेट एकेडेमी बनाइने

कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउन पर्नेमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिएका छन् । दशौं राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रंगशालाको अवलोकन गर्दै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तह संगको सहकार्यमा रंगशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

पाँच विघा क्षेत्रफलमा फैलिएको क्रिकेट रंगशालामा एकातर्फ प्याराफिट निर्माण भइरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निर्माण हुदै गरेको प्याराफिट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने सम्झौता रहेको छ ।

क्रिकेट रंगशालाका विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराएका थिए । त्यस क्रममा नेपालगन्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानीय तह तयार रहेको बताए ।

यस्तै मन्त्री लिम्बुले नेपालजन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरिक्षण गरेका छन् । एघार करोड ६६ लाख बजेटबाट निर्माण  हुदै गरेको ट्याकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका  छन् ।

आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि संझौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ । निरीक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्दशन दिए ।

त्यस क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?