+
+

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ७:२७

२२ मंसिर, काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नुपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ ।

कोषका वृक्षरोपण गरेको स्थान र बिरुवाको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन कोषले आग्रह गरेको छ ।

बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गरेको छ ।

आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।

कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।

बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, मदिरा र अन्य नशालु लागूपदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

बाला चतुर्दशी पर्वका भक्तजनका लागि यस्तो छ सूचना-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?