+
+

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:५४

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् ।

एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् ।

यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै सुरक्षाको मामिलामा सशक्त तथा सुरक्षित बनेको छ । फेसबुक मेसेन्जरकी प्रमुख लोरेडाना क्रिसनका अनुसार यस एन्क्रिप्सन पश्चात् मेटा वा कुनैपनि तेस्रो पक्ष एपहरुले प्रयोगकर्ताको मेसेन्जर कल वा मेसेज हेर्न पाउने छैनन् । यद्यपि यदि कुनै प्रयोगकर्ताले कुनै मेसेजका विषयमा उजुरी गर्यो भने यस्तो अवस्थामा भने कम्पनीले सो मेसेज हेर्न सक्दछ ।

स्मरण रहोस् फेसबुक मेसेन्जरमा सन् २०१६ देखि नै एनक्रिप्सन फिचर रहेको छ, तर यो डिफल्ट रुपमा आएको थिएन । अब नयाँ अपडेटसँगै यो डिफल्ट रुपमै एनक्रिप्टेड हुनेछ ।

एआई टुल इमेजिन समेत लञ्च

मेटाले हालैमात्र आफ्नो नयाँ एआई टुल इमेजिन समेत लञ्च गरेको छ । यसको सहयोगमा तपाईंले कुनै पनि फोटो वा ग्राफिक्स बनाउन सक्नुहुन्छ । त्यसका लागि तपााईले केवल टेक्स्ट लेख्नुपर्ने हुन्छ जसबाट यो टुललले तपाईंलाई तस्वीर बनाएर दिनेछ ।

मेटाको इमेजिन एउटा टेक्स्ट टु इमेज टुल हो । यसका अलावा इमेजिन एउटा स्टाण्डअलोन अर्थात् अलग्गै टुल पनि हो जसलाई छुट्टै नै प्रयोग गर्न सकिन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?