+
+

नोबेल विजेता लेखक भन्छन् : समालोचकका कुरा सुन्न थालेको भए ४० वर्षअघि नै लेख्न छोड्थें

एजेन्सी एजेन्सी
२०८० मंसिर २२ गते १४:५९

एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार विजेता जोन फोजले आफ्ना कृतिहरुको समीक्षा खराब तरिकाले गरिएको गुनासो गरेका छन् । कृतिहरुको समीक्षालाई विश्वास गरेको भए आफूले चार दशकअघि नै लेख्ने काम बन्द गरिसक्ने यी नर्वेली लेखकको भनाइ छ ।

फोजका उपन्यास श्रृंखला ‘सेप्टोलोजी’, एलिस एट द फायर, मेलानकोली, एण्ड अ साइनिङ प्रख्यात कृति हुन् । सेप्टोलोजीका सात वटा श्रृंखला रहेका छन् । अव्यक्त विषयलाई सिर्जनात्मक तरिकाले आफ्ना कृतिमा प्रस्तुत गरेको भन्दै उनलाई साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

आफ्ना कृतिहरुमा धेरै नै आत्महत्याका प्रसंग उल्लेख भएकाले ती कृतिले आत्महत्यालाई वैधानिकता दिने त्रास आफूमा सधैं रहने गरेको फोजले बताएका छन् ।

नोबेल पुरस्कारको वेबसाइटमा फोजको भनाइ समावेश गर्दै लेखिएको छ- ‘मेरा कृतिहरुले धेरैको जीवन बचाएको भन्दै मैले पाठकहरुबाट प्रतिक्रिया पाएँ । मेरा पाठकहरुको यो पृष्ठपोषणले मलाई निकै भावुक बनायो । यसअर्थमा कि मलाई थाहा छ लेखनले जीवन बचाउन सक्छ । लेखनले म स्वयंको ज्यान पनि बचाएको छ । र मेरो लेखनले अरुको समेत जीवन बचाएको सुन्न पाउँदा म निकै हर्षित भएँ।’

बाल्यकालमा बोल्न डराउने गरेकाले आफ्नो भाषा निकै कमजोर भएको फोजले बताए । व्यक्तिगत स्वभावका कारण भाषा खोसिएको झैं लागेको र त्यसलाई फिर्ता ल्याउन निकै मिहिनेत गर्नुपरेको उनले बताए ।

‘स्कुलमा केही कुरा वाचन गर्न लगाए भने मलाई निकै डर लाग्थ्यो । त्यसैले म कक्षाकोठा नै छोडेर अन्त जान्थें । पछि साथीहरुलाइ ट्वाइलेट गएको भनिदिन्थे । बोल्न नसक्दा मेरो भाषा मबाट खोसिएको झैं भान भयो । त्यो भाषा फिर्ता ल्याउन निकै सकस परे झैं भयो । मेरा कृतिहरु प्रकाशित भएपछि भने मैले सुरक्षित महसुस गरें । विगतका त्रास विस्तारै हराउँदै गयो’, उनले भने ।

फोजले युवावस्थामा संगीत र लेखनप्रति  आफ्नो निकै  रुिच रहेको बताए । एक समय उनले रक शैलीका गीतमा गितार वादक बन्नका निम्ति संगीतसँग मात्रै लगाव राखे । विस्तारै उनी लेखनतर्फ अघि बढे । आफ्नो लेखन शैलीबारे उनी भन्छन्- ‘संगीत बनाउँदा मैले जे-जे अनुभव गरें । जसरी जसरी उत्कृष्ट धुन निकाल्न सकें त्यसकै अनुभवले मलाई लेखनमा पनि संयोजन मिलाउन सिकायो ।’

आफ्नो लेखन प्रक्रियाबारे उनी थप भन्छन्- ‘दिमागमा फुर्दै गर्दा म त्यसमा संयोजन मिलाउँदै जान्थें । संयोजन मिलेको भान भएपछि ती संयोजन गायब हुनसक्छन् भन्ने त्रास हुन्थ्यो । त्यसलाई जस्ताको तस्तै उतार्थे ।’

सेप्टोलोजीमा पूर्णविराम नभएको प्रसंगलाई फोज नवीन कुरा मान्दैनन् । ‘एउटा प्रवाहमा मैले लेखिरहें । लेख्दै जाँदा कहीं पनि पूर्णविरामको आवश्यकता परे झैं लागेन । सेप्टोलोजी नर्वेको दक्षिण-पश्चिम तटमा बस्ने वृद्ध पेन्टर एस्लेको जीवनलाइ प्रतिविम्बित गर्ने उपन्यास हो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?