+
+

एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १९:३२
एआई सिर्जित तस्वीर

२२ मंसिर, काठमाडौं  । सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो ।

महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ गर्दै आएको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

तर, गत वर्ष पनि महालेखाले १७ पुसमा मात्रै कर्मचारीहरुको नियमित लट सरुवा गरेको थियो । सोभन्दा अघिल्लो वर्ष ९ पुसमा यस्तो सरुवा भएको थियो ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा भएको छ । विभिन्न संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवा भएका छन् ।

लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।

हेर्नुस् सरूवाको सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?