+
+
Shares

भारतलाई मन्त्री किराँतीको आग्रह– गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते ८:३९

२३ मंसिर, बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् ।

भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको  संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम राजदूत मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ,’ नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसमेत सहभागी कार्यक्रममा मन्त्री किराँतीले भने ।

मन्त्री किराँतीले नेपाल, दुई ठूला छिमेकी देश भारत र चीन बीचको पक्की पुल बन्न चाहेको पनि बताए ।

भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको उल्लेख गर्दै उनले साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको बताए । ‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्री चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो,’ मन्त्री किराँतीले भने ।

भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधुरो हुने मन्त्री किराँतीले बताए ।

मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखापरेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो पनि औंल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चीनी र पानीजस्तै गुलियो रहेको समेत बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?