+
+

पीएसजी अग्रता बढाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:१३
Photo Credit : REUTERS/Sarah Meyssonnier

२४ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्ट्सलाई २-१ ले पराजित गरेको छ ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कोलो मुअनीले खेलको अन्त्यतिर गोल गरेपछि पीएसजीले जित हात पार्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको हो ।

घरेलु मैदान पार्क डे प्रिन्समा ब्राडली बार्कोलाले खेलको ४१औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ६५औं मिनेटमा मोस्ताफा मोहमेदले नान्ट्सका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ८३औं मिनेटमा कोलो मुअनीले पीएसजीका लागि निर्णायक गोल गर्दै ३ अंक दिलाउन मदत गरे ।

जितपछि पीएसजीको १५ खेलबाट ३६ अंक भएको छ ।

अर्को खेलमा रेन्सलाई २-१ ले हराएर ३० अंक जोडेको मोनाको दोस्रो स्थानमा उक्लेको छ । नाइस १४ खेलबाट २९ अंकसहित तेस्रोमा झरेको छ । नाइसले आइतबार रेइम्ससँग खेल्नेछ र यो खेल जितेमा दोस्रोमा उक्लनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?