+
+

भलाद्‍मी खेलाडी विशाल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ११:०६

२४ मंसिर, काठमाडौं । नेपाली फुटबलमा सबैभन्दा भलाद्मी कोही खेलाडी छन् भने त्यही हुन्, विशाल श्रेष्ठ । यी गोलरक्षकको सबैभन्दा ठूलो विशेषता भन्नु नै सधैं भरी अनुहारमा देखिने मीठो मुस्कान हो । अनि त्यसैलाई सुहाउँदो बोली पनि ।

त्यसैले उनी धेरैका लागि ‘ट्र्यु जेन्टलम्यान’ हुन् । त्यति मात्र होइन्, नेपाली राष्ट्रिय टिमको भलोका लागि उनी सक्दो बलिदान गरेका खेलाडीका रूपमा पनि चिनिन्छन् ।

यसपल्टको नेपाल सुपर लिग (एनएसएल) २०२३ मा उनी एफसी चितवनको मार्की खेलाडी रहेका छन् र टिमले उनकै नेतृत्वमा खेलिरहेका पनि छ ।

उनले वर्ष ०७८ को पहिलो संस्करणको एनएसएलमा बुटवल–लुम्बिनी एफसीका लागि खेलेका थिए । त्यस टिममा पनि उनी कप्तान थिए र सबै सात खेल खेले र टिमलाई इलिमिनेटरसम्म पुर्‍याए ।

सुरुआती करियर

अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीका खेलाडी हुन्, उनी । वर्ष ०५९ मा एकेडेमीमा आवद्ध भएका उनी चौथो ब्याचका खेलाडी हुन् । एकेडेमी खेलाडीका रूपमा उनी वर्ष २०६६ सम्म त्यहीं रहे र यसकै प्रतिनिधित्व गर्दै केही घरेलु प्रतियोगिता पनि खेले । त्यहाँबाट निस्केयता उनको पहिलो क्लब रह्यो, मनाङ मर्स्याङ्दी ।

मनाङको पहिलो रोजाईका गोलरक्षकका रूपमा उनी त्यहाँ दस वर्षजति रहे । उनले शहीद स्मारक लिग ‘ए’ मा मनाङका लागि वर्ष ०६६/०६७ को संस्करणमा डेब्यु गरे ।

त्यसपछि घरेलु फुटबलमा उनको अर्को क्लब रह्यो, मछिन्द्र । उनी ०७६ सालदेखि यसै क्लबमा आवद्ध छन् । मछिन्द्रका लागि उनले ०७६ र ०७८ को लिग उपाधि पनि जिते ।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनका कारण उनी नेपाली राष्ट्रिय टिममा पनि परिहाले ।

तर उनी धेरै हदसम्म अभाग्यशाली रहे र आफ्नो देशका लागि खेल्न संघर्षरत रहे । त्यस बाहेक पनि अधिकांस समयमा आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट क्षणमा पनि आफूलाई छाडेर अरूलाई नै खेलाउन तयार भइरहे ।

त्यसैले उनको नाममा एउटा खराव कीर्तिमान बन्ने डर थियो, कतै उनी उत्कृष्ट खेलाडी भएर पनि राष्ट्रिय टिमका लागि कहिल्यै खेल्न नपाउने अभाग्यशाली हुने त होइन् ? तर त्यस्तो भने भएन् । सन् २०२१ को सेप्टेम्बर ५ मा भारतविरुद्ध दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले नेपालका लागि खेल्ने अवसर पाए, डेब्युका रूपमा ।

उनी खेलको ८६ औं मिनेटमा किरण लिम्बूको स्थानमा उब्टिच्युट हुँदै मैदानमा प्रवेश गरे । खेलपछि उनी अत्याधिक भावनात्मक रहे र आफूलाई दुर्लभ डेब्युको अवसर दिएकोमा प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीका लागि कृतज्ञ रहे । उनी अन्तिम पटक सन् २०२३ मा भारतको बेंगलोरमा भएको साफ च्याम्पिनयसिप खेलेको नेपाली टिममा थिए ।

नेपालका लागि प्रदर्शन

कुल क्याप : १

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?