News Summary
Generated by OK AI. Editorially reviewed.- बुल्गेरियाले एफआईभीबी पुरुष विश्व भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनायो।
- निकोलोभ दाजुभाइ एलेक्जान्डर र सिमिओनले बुल्गेरियाको जितमा उत्कृष्ट प्रदर्शन गरे जसमा एलेक्सले २९ र मोनीले ५ अंक जोडे।
- बुल्गेरियाले चेक रिपब्लिकसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
९ असोज, काठमाडौं । अहिले एसियाली राष्ट्र फिलिपिन्समा एफआईभिबी पुरुष विश्व भलिबल च्याम्पियनसिप चलिरहेको छ । विश्वकै उत्कृष्ट टिमहरूबीच रोमाञ्चक खेलहरू भइरहेका छन् ।
भलिबल खेल पारखीहरूका लागि अहिले भइरहेको च्याम्पियनसिप मनोरञ्जनको राम्रै खुराक बनिरहेको छ । खेल पनि त्यस्तै भइरहेको छ ।
बिहीबार अन्तिम क्वाटरफाइनलमा बुल्गेरियाले सन् १९८६ को विश्व च्याम्पियन अमेरिकालाई पाँच सेटको रोमाञ्चक खेलमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । जसमा बुल्गेरियाका निकोलोभ दाजुभाई एलेक्जान्डर (एलेक्स) र सिमिओन (मोनी) उत्कृष्ट प्रदर्शन गरे ।
अमेरिकाले सुरुवाती दुई सेट २५-२१, २५-१९ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । तर बुल्गेरियाले जबरजस्त प्रदर्शन गर्दै पुनरागमन गर्यो । तेस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पारेर खेलमा फर्किएको बुल्गेरियाले प्रतिस्पर्धात्मक चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै पाँचौ सेटसम्म खेल पुर्यायो ।
निर्णायक सेट पनि प्रतिस्पर्धात्मक बन्दा बुल्गेरियाले १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
‘एकदमै धेरै इमोसन । म एकदम धेरै थकित छु कि अहिले मेरो खुशी कति छ भने मैले देखाउन सकिरहेको छैन । यो ब्याटल थियो । अमेरिका धेरै राम्रो टिम हो र अन्त्मा खेल जता पनि जान सक्थ्यो । त्यसैले हामीले जित्यौं म सुपर खुशी छु । अब हामीसँग आरामका लागि केही घण्टा बाँकी छ र हामीसँग अर्को ब्याटल बाँकी छ । त्यसका लागि म उत्सहित छु । तर अहिले म कतै बस्न चाहन्छु’ अमेरिकालाई हराएपछि १८ वर्षीय मोनी निकोलोभले भिबीटिभीसँग भने ।
एलेक्स र दुवै युवा खेलाडीहरू हुन् तर कोर्टमा जबरजस्त प्रदर्शन गर्दै आएका छन् । २१ वर्षीय एलेक्स निकोला र १८ वर्षीय मोनी निकोलभले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । एलेक्सले इटालियन क्लब कुसिन लुब सिभितानोभाबाट खेल्छन् भने मोनीले रसियन क्लब लोकोमोतिभ नोभोसिबिर्स्कबाट खेल्छन् ।
यी दुई जेन जी पुस्ताका खेलाडीले सिनियर टिमले खेल्ने विश्व च्याम्पियनसिपमा धमाका मच्चाइरहेका छन् । एलेक्स आउटसाइड हिटर हुन भने मोनी सेटर हुन् । टिममा दुवैको महत्वपूर्ण भूमिका हुने गर्छ । त्यसमा पनि एलेक्सले बुल्गेरियाको लागि सानदार प्रदर्शन गरिरहेका छन् ।
उनले अमेरिका विरुद्ध अट्याकमा २६ सहित सर्वाधिक २९ अंक जोडे । यस्तै सेटर भएपनि मोनीले ५ अंक योगदान गरे । सेटर त्यस्तो पोजिसन हो जसले भलिबल कोर्टमा रहेका सम्पूर्ण टिममेटलाई कसरी बल खेलाउने र बल प्रोभाइड गर्ने भन्ने काम गर्छ । त्यसमा १८ वर्षीय युवा मोनी खरो रुपमा उत्रिएका छन् ।
अन्तिम १६ अन्तर्गत पोरर्चुगल विरुद्ध ३-० को सेटमा विजयी भएको खेलमा पनि एलेक्सले सर्वाधिक १९ अंक जोडेका थिए जसमा अट्याकबाट १७ तथा ब्लक र सर्भबाट समान १ अंक थियो । यस्तै सेटर मोनी नोकोलोभले ४ अंक जोडेका थिए ।
अहिले भइरहेको वर्ल्ड भलिबल च्याम्पियनसिपमा निकोलोभ दाजुभाईले गज्जबको प्रदर्शन गरिरहेका छन् । तथ्याङले पनि त्यसलाई पुष्टी गर्छ । एलेक्स निकोले अहिलेसम्म सर्वाधिक ११९ अंक स्कोर गरिसकेका छन् जसले उनले अट्याकबाट १०६ अंक जोडेका छन् भने ब्लकबाट ५ र सर्भबाट ८ अंक जोडेका छन् । अट्याकमा अहिलेसम्म एक सय भन्दा बढी अंक जोड्ने एलेक्स पहिलो खेलाडी हुन् । यस्तै उनी बेस्ट स्पाइकरमा पनि त्यही १०६ अंकसहित अगाडि छन् ।
यस्तै सेटर मोनी पनि तथ्याङकमा अघि नै छन् । उनी उतकृष्ट सेटरमा तेस्रोमा छन् । इरानका अर्सिया बेहनेजाद र अमेरिकन मिकाह क्रिस्टेनसेन भन्दा मात्र मोनी पछि छन् ।
अर्सियाले सक्सेस २२२ छ भने क्रिस्टेनसेनको १९१ छ । मोनी निकोलोभको १६१ छ । अर्जेन्टिनाका डे केक्कोको पनि समान १६१ नै छ ।
एलेक्स र मोनीसँग अर्को रमाइलो संयोग पनि जोडिएको छ । उनीहरू बुल्गेरियाको उत्कृष्ट भलिबल खेलाडी भ्लादिमिर निकोलोभका छोरा हुन् । भ्लादिमिर तिनै खेलाडी हुन् जसले सन् २००६ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा बुल्गेरियाका लागि कांस्य पदक जितेका थिए । त्यसयता १९ वर्षपछि बुल्गेरिया पहिलो पटक विश्वकप च्याम्पियनसिपमा सेमिफाइनलमा पुगेको हो ।
बुल्गेरियाले अहिलेसम्म विश्व च्याम्पियनसिपमा पाँच पदक जित्दा सन् १९७० मा रजत पदक जितेको थियो । सन् २०२२ मा भएको पछिल्लो संस्करणमा २०औं स्थानमा रहेको बुल्गेरियाले यस पटक युवा खेलाडीहरूमा विश्वास गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ ।
अब फाइनल प्रवेशका लागि बुल्गेरियाले चेक रिपब्लिकसँग खेल्नेछ । यस पटक सेमिफाइनल पुग्ने चारै टिम युरोपबाट छन् । अर्को सेमिफाइनल साविक विजेता इटली र पोल्याण्डबीच हुनेछ ।
एफआईभिबी पुरुष भलिबलको विश्प च्याम्पियनसिपमा चारै युरवपियन राष्ट्र सेमिफाइनल पुगेको ६० वर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६६ मा युरोपबाट चेकोस्लोभाकिय, रोमानिया, सोभियन युनियन र इस्ट जर्मनी सेमिफाइनल पुगेका थिए ।
प्रतिक्रिया 4