२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालको टिममा दुई परिवर्तन छ । हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन् ।
नेपालको प्लेइङ ११
देव खनाल, अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, हेमन्त धामी, दिपेश कँडेल, आकाश त्रिपाठी, सुवास भण्डारी, दिपक बोहोरा, गुल्सन झा र उत्तम रङ्गु थापा मगर
प्रतिक्रिया 4