+
+

बिगबोसमा के-पप स्टार अउराको प्रवेश, सलमान खानले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १४:२६

काठमाडौं । के-पप स्टार अउरा प्रतिस्पर्धीको रुपमा भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा होस्ट सलमान खानले उनलाई भव्य स्वागतसहित ‘वाइल्ड कार्ड’मार्फत बिगबोसको घरमा प्रवेश गराए ।

खास नाम पार्क-मिन जुन भएपनि अउराको नामले विश्वचर्चित उनी बीटीएस, ब्ल्याकपिंकको हाराहारीका के-पप गायक हुन् । भारत र नेपालमा समेत उनको फ्यान फलोइङ राम्रो छ । सलमानले उनलाई बिग बोसको घरभित्र छिराउनुअघि रोचक गफगाफ गरेका थिए । उनले त्यसबेला सांगीतिक प्रस्तुति पनि दिए ।

सलमानसँगको कुराकानीमा अउराले आफू सिंगल रहेको र उपयुक्त जोडीको खोजी गरिरहेको बताएका थिए । उनले सलमानलाई दक्षिण कोरियाको भाषामा ‘आइ लभ यू’ कसरी भन्ने भनेर पनि सिकाए । सलमानले पनि भारतका घरमा प्रयोग गर्न सकिने हिन्दी वाक्यांशको पाठ सिकाए ।

पिंकभिल्लासँगको अन्तर्वार्तामा अउराले भारतमा रहँदाका रुचिबारे बोलेका छन् । बिग बोसको घरबाट बाहिरिएपछि भव्य पार्टी गर्न मन लागेको उनले बताए । उनलाई बिगबोस १७ को सिजनपछि बलिउडमा के गर्न चाहनुहुन्छ भनेर सोधिएको थियो ।

उनको जवाफ थियो- अवश्य पनि, म पार्टी गर्न चाहन्छु । म ओरीबारे धेरै कुरा सुनेको छु । उसले धेरै पार्टी आयोजना गर्छ भन्ने खबर छ । म पनि उसँग सोही गर्छु ।’ बिगबोसको अहिलेको सिजनमा अंकिता लोखंडे, ऐश्वर्या शर्मा, नील भट्ट, विक्की जैन, मुनावर फारुकी, इशा मालवीय, अभिषेक कुमार, मन्नारा चोपडा र रिंकु धवन लगायतको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?