+
+

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १२:२१
फाइल तस्वीर

२५ मंसिर, काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?