+
+

कोप-२८ मा ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह

रासस रासस
२०८० मंसिर २५ गते १३:५६

२५ मंसिर, दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि जुन जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप–२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका प्रमुख सिमोन स्टिलले हरितगृह ग्याँस उत्सर्जन कम गर्न र कम विकसित देशहरूको असरलाई सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘पहिलो, अनावश्यक रणनीतिक अवरोधलाई हटाउनुहोस् ।’

‘एकताका लागि समस्या बनेको ‘अनावश्यक रणनीतिक अवरोध’ लाई दिमाखबाट नहटाएसम्म यसले सबै सम्भावनालाई प्रभावित गर्छ,’ उनले  भने ।

विश्वव्यापी तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसभन्दा माथि नराख्ने लक्ष्यलाई कायम राख्ने उपाय खोजेकाले महत्वाकाङ्क्षी रहन उनले आग्रह गरे ।

स्टिलले भने, ‘म वार्ताकारहरूलाई वृद्धिवादलाई अस्वीकार गर्न आग्रह गर्दछु । उच्च महत्वाकाङ्क्षाबाट पछि हट्ने प्रत्येक कदमले अनगिन्ती लाखौं मानिसको ज्यान लिनेछ ।’

‘उच्चतम महत्वाकाङ्क्षी परिणामहरू सबै सरकारहरूको लागि उनीहरूको क्षेत्र अन्तर्गत वास्तविक जीतको साथ दुबई छोड्ने एकमात्र उपाय हो,’  उनले भने ।

उनले थपे, ‘एउटा कुरा निश्चित छ : ‘म जित्छु, तपाईं हार्नुहुन्छ’ भन्ने सोच सामूहिक असफलताको लागि एक समस्या हो । यसले अन्ततः आठ अर्ब जनताको सुरक्षा नै धरापमा परेको छ ।’

साउदी अरबको नेतृत्वमा तेल उत्पादकहरूले कडा प्रतिरोध गरेका कारण जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने आह्वानमा वार्ता तीव्र भएको छ, जुन पृथ्वीको बिग्रँदो सङ्कटको प्रमुख दोषी हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?