+
+

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

रासस रासस
२०८० मंसिर २५ गते १४:०१

२५ मंसिर, बेइजिङ। आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।

आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिलिमिटर हिमबर्षा भएको छ ।

बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ ।

शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४: ५० बजेपछि हिउवर्षा कम हुने जानकारी गराएको छ ।

चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ ।

मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?