+
+

७ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले गर्‍यो आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते २०:२५

२५ माघ, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले अवैध नदी दोहन तत्काल रोक्नुपर्नेसहित ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।

उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशमा विरोध जुलुस प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

त्यस्तै १२ गते मधेश प्रदेश प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउने, १३ गते मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने र १७ गते सप्तरीको सप्तकोशी व्यारेजबाट हुलाकी राजमार्ग हुँदै पर्साको वीरगञ्जसम्म चुरे संकल्प पद यात्रा गर्ने अध्यक्ष यादवले बताए ।

यतिमा माग सम्बोधन नभए थप कडा संघर्षको कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।

अवैध नदी उत्खनन बन्द गर्नुपर्ने, वन क्षेत्रमा वाटर रिचार्जको लागि ड्याम बनाउनुपर्ने, संघीय सरकारद्वारा नदीजन्य पदार्थ विदेश निकासी गर्ने गरी ल्याइएको विधेयक तत्काल खारेज गर्नुपर्ने अभियानले बताएको छ ।

वास्तविक भूमिहीन, सकुम्बासीको अधिकारका निम्ति प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने, मारुती सिमेन्टको वन क्षेत्रको जग्गाको लखग कट्टी गर्नुपर्ने, सिरसिया नदीलाई प्रदुषण र अतिक्रमण गर्ने उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि अभियानको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?